नियम १७
आवधिक प्रतिवेदन पेश गर्नु पर्ने
(१) ऐनको दफा ४७ को उपदफा (१) बमोजिम प्रत्येक
होटेल, पर्यटक आवास र लजले ६÷६ महिनाको अवधिको हिसावले अनुसूची–४ बमोजिमको
ढाँचामा आवधिक प्रतिवेदन विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको आवधिक प्रतिवेदन जुन अवधिको हो त्यस्तो अवधि
भुक्तान भएको सात दिनभित्र पेश गर्नु पर्नेछ ।